काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. ले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अव ‘वालेट’ मार्फत पनि चलाउन सकिने गरी सेवा विस्तार गरेको छ ।


ADVERTISEMENT


सेलपे सेवा अब बैंक खाताका साथै ‘वालेट’बाट पनि संचालन गर्न सकिने नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकबाट ‘वालेट’ अनुमति प्राप्त गरे संगै अब सेलपेका ग्राहकहरुले बैंक लिंक मार्फत वा वालेट लोड गरि कारोबार गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


यसै उपलक्ष्यमा सेलपेले आफ्नो नयाँ ‘यूआई’ पनि सार्वजनिक गरेको छ । जसमा ग्राहकहरुलाई सेवा प्रयोग गर्दा अझ बढी सहज बनाउनका लागि विभिन्न प्रयोगहरु गरिएको छ जसले गर्दा जो कोही ग्राहकहरुले बिना झन्झट सरल रुपमा कारोबार गर्न सक्नेछन् साथै ‘सेलपे कार्ट’ सेवा मार्फत सजिलै घरमै बसी बसी विभिन्न सामानहरु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसै उपलक्ष्यमा सेलपे सेवाले ग्राहकहरुका लागि “मेरो वालेट सेलपे वालेट” योजना सुरु गरेको छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले मोवाईल टपअप र टिभी महशुल भुक्तानीमा ५ प्रतिशत ‘क्यासव्याक’, ईण्टरनेटको महशुलमा १.५ प्रतिशत क्यासब्याक, नेपाल टेलिकमको १ घण्टा ‘अनलिमिटेड’ डाटा प्याकको मात्र ११ रुपैयाँ तथा एनसेलको वान डे अनलिमिटेड मात्र २१ रुपैयाँमा साथै वालेट लोड गर्दा लक्की ड्र मार्फत सामसुङ एस २१ अल्ट्रा जित्न सक्ने मौका पनि पाउन सकिनेछ । यो योजना जेष्ठ १३ गते देखि असार १२ सम्म लागु हुने कम्पनीले जनाएको छ ।