यो संसारमा फुल बनि आयौ हामी, फल बनि बिस्तारै पाक्दैछ।


ADVERTISEMENT


आज हेर्छु भोली हेर्छु यो कहालीलाग्दो दिन, महामारीले मन थाक्दैछ।


ADVERTISEMENT

# # #


हिजो सम्म सगै थियौ, सुन्छु आज हस्पिटलमा अक्सिजन लाएर खोक्दैछ।

हस्पिटल पुगेर हेर्छु, छोराले बिलौना गरी बाबुको निर्जिव खुट्टामा ढोग्दैछ।

 

पशुपति किनारमा यसो हेर्छु,शब बाहानले निर्जिब शरीर पालैपालो बोक्दैछ।

के हुदैछ ? आज के हुने हो भोली ? हरेकको मन मष्तिस्कले डरैडरमा सोच्दैछ।

मन एकलास बनाएर सोच्छु,मानब जातिले किन आज यस्तो बिपत्ति भोग्दैछ।

आत्तिनु हुन्न है हामी कोही पनि ,दुनिया महामारी बिरूद्द एकजुट भइ बिस्तारै रोक्दैछ।

‘घरमा बसौ महामारी रोकौ’

(कवि रवि पौडेल प्रहरी एसपी को पदस्थमा कार्यरत छन् ।)