काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा उपेन्द्र समूह)ले वैकल्पिक सरकार निर्माणको दाबी गर्ने निर्णय गरेका छन् । शुक्रबार कांग्रेस संसदलीय दलको कार्यालयमा बसेको संयुक्त बैठकले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको दाबी गर्ने निर्णय गरेका हुन् ।


ADVERTISEMENT


बैठकमा नेकपा एमाले माधव कुमार नेपाल समूहबाट स्वयम् माधव र सुरेन्द्र पाण्डे सहभागी थिए । बैठकमा निर्णय गरेलगत्तै नेताहरु १४९ सांसदको हस्ताक्षरसहित सरकार निर्माणको दाबीका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । कसको नेतृत्वमा सरकारमा जाने भन्ने कुरा बाहिर नआए पनि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने दाबी गरिएको नेता गगन थापाले संकेत गरेका छन् ।


ADVERTISEMENT

# # #


स्रोतका अनुसार कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित)  र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् । यस्तै माधव कुमार नेपाल पक्षका २७ सांसदको समेत हस्ताक्षर रहेको छ ।

प्रधानमन्त्री केपी शर्माओलीले गत वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत गुमाएर पदमुक्त भएका थिए । तर, विपक्षीहरु गठबन्धनको सरकार बनाउन असफल भएपछि धारा ७६(३)अनुसार प्रधानमन्त्रीमा पुनः नियुक्त भएका का थिए ।

तर, प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नलिने र नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णय गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् । राष्ट्रपतिले दिएको समयसीमा अहिले ५ बजे सकिँदैछ ।