काठमाडौँ – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित सर्टिफिकेसन स्मार्ट क्याम्पियन सर्टिफिकेट (प्रमाणपत्र) प्राप्त गरेको छ ।


ADVERTISEMENT


अमेरिकाको वासिगंटन डीसीस्थित स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक संरक्षणसम्वन्धी ७ सिद्धान्त र १९२ मानकहरुलाई छिमेकले पूर्ण पालना गरेकाले स्मार्ट क्याम्पियनबाट अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पुरा गरेको विश्वका उत्कृष्ट वित्तीय संस्थाको रुपमा मान्यताको प्रमाणपत्र प्राप्त गरेको हो ।


ADVERTISEMENT

# # #


प्रमाणपत्रका लागि ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा, ग्राहकलाई अधिक ऋणग्रस्त हुनबाट जोगाउने, संस्थाको प्रत्येक क्रियाकलाप पारदर्शिता, सेवाको मुल्य निर्धारण गर्दा जिम्मेवार बन्ने, ग्राहक प्रति मर्यादित सम्मानजनक व्यवहार गर्ने, ग्राहकको तथ्याङ्क तथा सुचनाहरु गोप्य राख्ने र ग्राहकको गुनासो सुनुवाई संयन्त्र चुस्थ र दुरुस्त बनाउनु पर्छ ।

अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सर्टिफिकेसन पाएसंगै छिमेक लघुवित्त वित्तीय संस्थाले थप उर्जा पाप्त भएको जनाएको छ । छिमेकले यी सातै सिद्धान्त अवलम्वन गरेकोले ग्राहक संरक्षण प्रमाण पत्र पाउन योग्य भएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले बताए ।

छिमेकले देशको ६७ जिल्लाका १७३ शाखा मार्फत कार्य गर्दै आइरहेको राष्ट्रिय स्तरको छिमेक लघुवित्त वित्तीय संस्था लि.ले हालसम्म विकट गाउँ, पिछडिएका विपन्न वर्गका ३ लाख ८३ हजार भन्दा वढि परिवारहरुलाई आयमुलक क्षमता अभिवृद्धिका साथै वित्तीय साक्षरतासहित वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । संस्था २०५८ सालमा नेपाल राष्ट्र बैंकबाट छिमेक विकास बैंक लि.को रुपमा स्थापना भएको थियो ।

यस प्रमाणपत्र प्रक्रियामा निरन्तर सहयोग गर्दै आइरहेको युकेएड, सक्षम एक्सेस टु फाइनान्स, गुड रिटर्न, एम-सीआरआईएल, सञ्चालकहरु, पूर्वप्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशी, संस्थाका कन्सल्ट्यान्ट नवीन सुवेदी, संस्थाका सम्पूर्ण कर्मचारी र ग्राहकप्रति संस्थाले विशेष आभार प्रकट गरेको छ।