काठमाडौँ – सरकारले स्वास्थ्य सामाग्रीको भन्सार जाँचपा सहज बनाउन निर्देशन दिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना नियन्त्रण एवं उपचारका लागि प्रयोग हुने अक्सिजन सिलिन्डर, स्वास्थ्य सामाग्री, उपकरण र औषधिको जाँचपासलाई प्राथमिकतामा राखेर छिटो छरितो जाँचपास गर्न निर्देशन दिएका हुन् ।


ADVERTISEMENT


भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरूलाई नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजीक्षेत्रले आयात गर्ने स्वास्थ्य सामग्री विना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई सहज बनाउन निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


सोमवार भच्र्युल छलफल गर्दै उनले कोरोना उपचारका लागि आयात भएका वस्तुको परिमाण र मूल्यसहित दैनिक रूपमा जानकारी गराउन समेत निर्देशन दिएका छन् ।