रोल्पा– सुनिलस्मृति गाउँपालिका – ४ ले गरीब जनताका लागि उज्यालो दिएको छ ।


ADVERTISEMENT


वडाका २० युनिटभन्दा कम विद्युत् खपत गर्दै आएका ५२७ घरधुरीलाई विद्युत् उपलब्ध गराइएको हो ।


ADVERTISEMENT

# # #


कोरोनाका कारण लामो समयदेखि रोजगारी गुमाएका गरीब तथा विपन्नलाई वडा कार्यालयको निःशुल्क उज्यालो कार्यक्रमले प्रत्यक्ष फाइदा पुर्‍याएको छ ।

कार्यक्रमअन्तर्गत वडाले विपन्नको विद्युत् महसुल नेपाल विद्युत प्राधिकरणमा भुक्तानी गरेको छ । आठ सय २० घरधुरी रहेको वडामा विद्युत्को पहँुच भएका ७५९ घरधुरी छन् । विद्युतको पहँुचमा रहेकामध्ये २० युनिटभन्दा कम विद्युत् खपत गर्ने घरधुरीका लागि विद्युत महसुल तिरिदिइएको वडाध्यक्ष गञ्ज क्षेत्रीले बताएका छन् ।