काठमाडौँ – सर्वोच्च अदालत बार एशोसिएसनले सरकारको लापरावाहीका कारण कोरोना संक्रमितको मृत्यु भएको निश्कर्ष निकालेको छ ।


ADVERTISEMENT


एशोसिएसनले आइतवार विज्ञप्ति निकाल्दै बार एशोसिएसनले सरकारको अकर्मण्यताका कारण कोरोना संक्रमितमध्ये अधिकांशले ज्यान गुमाएको आरोप लगाउँदै सरकारको क्रियाकलापको भर्त्सना गरेको छ । बार एशोसिएसनले उपचार नपाई मृत्यु हुनु हत्या हुनु बराबर भएको बताउँदै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।


ADVERTISEMENT

# # #


‘महामारीको संक्रमणबाट हालसम्म ज्यान गुमाउन पुगेका व्यक्तिमध्ये अधिकांश सरकारकै अकर्मण्यताका कारण मृत्युवरण गर्न बाध्य भएका छन् ,’ विज्ञप्तिमा भनिएको छ , ‘यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनैपर्छ ।’ बार एशोसिएसनले कोरोना नियन्त्रणका लागि विशेष कानून बनाएर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार तोकिएको समयसीमाभित्र पहिलो डोज लगाएका व्यक्तिलाई दोस्रो खोपको प्रवन्ध मिलाउन समेत माग गरेको छ ।

महामारीको समयमा सरकारले संविधान, कानून र अदालतको सिद्धान्तको पनि पालना नगरी उच्च सतर्कता नअपानाई लापरावाही गरेको आरोप सर्वोच्च बारको छ ।

बार एशोसिएसनले अक्सिजन, औषधि तथा खोप लगायतका स्वास्थ्य सामाग्रीको कुटनीतिक पहल गर्दै संकटमा कालोबजारी गर्ने व्यवसायीलाई कारवाही गर्न माग गरेको छ ।

 

विज्ञप्ति