काठमाडौँ– चर्चित गायक घमेश दुलाल र बाल गायिका आभा आर को संयुक्त प्रस्तुति मा ‘मास्क खै’ बोलको सन्देशमुलक गित सार्वजनिक भएको छ ।


ADVERTISEMENT


वर्तमान परिस्थितिलाई लक्षित गर्दै सो सन्देशमुलक गीत डि ए आर मुभिज एण्ड फिल्म्स ई प्रा. लि को अफिसिअल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT

# # #


गितमा नव गायिका रोजिना बस्नेतले पनि साथ दिएकी छिन् । गीतमार्फत विश्व भर कोरोना महामारी ले असर परेको बेला सुरक्षित रहन मास्क लगाऔ, पौस्टिक आहार खाऔ, सामाजिक दुरी कायम गरौ र सकेसम्म भिडभाड मा नजान संदेश दिइएको छ ।

पछिल्लो समय धेरै जसो सामाजिक सन्देशमुलक कथा/वस्तु समेटी गित बजारमा ल्याईरहेका अदृस्य गायक/संगीतकार प्रभावन जे को शब्द, संगीत, संगीत संयोजन रहेको गित एक्सन स्टुडियो नेपाल मा रेकर्ड भएको हो । यस्तै, गीतको मिक्सिङ/मास्टरिङ भने गोविन्द सोनी ले गरेका छन् ।

भिडयोका क्यामरामान रोनिश तामाङ्ग, उत्पादन नियन्त्रक श्याम धिताल, उत्पादन ब्यस्थापक विवेक चौलागाईं, क्रियटिभ डाइरेक्टर श्रबन कुमार मिश्र रहेको छ, भने सम्पादन कृष्ण गौतम ले गरेका हुन् । यसैगरि, भिडियो मा बाल कलाकार दीपा गौतम, दिपेश गौतम, भमा गौतम आदि को अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न यहाँ थिच्नुहोस् :