काठमाडौँ – गएको एक सातामा ३४ हजार भन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइतवारदेखि शनिवारसम्मको समयमा ३४ हजार ३४३ संक्रमित निको भएका हुन् ।


ADVERTISEMENT


शनिवार थप ५ हजार ४५५ संक्रमित निको भएसँग नेपालमा कोरोना निको हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार शनिवार १८ हजार ५४८ को कोरोना जाँच गरिएकोमा थप ८ हजार १६७ संक्रमित भेटिएका छन् । गौतमकाअनुसार शनिवार एकै दिन २४ घण्टाको अवधिमा १८७ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

हाल नेपालमा १ लाख ९ हजार ७४० संक्रिय संक्रमित रहेकोमा हालसम्म कोरोनाबाट ४ हजार ८५६ को मृत्यु भइसकेको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएकोमा अस्पतालमा शै्या, अक्सिजनको अभाव देखिएको छ भने कतिपय उपत्यकाका अधिकांश निजी अस्पतालले थप नयाँ बिरामी लिन नसक्ने बताइरहेका छन् ।