बलेवा– बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


घटना दिउँसो साढे दुई बजे भएको थियो । मृत्यु हुने एकाघरका आमाछोरा रहेको प्रहरी निरीक्षक विजय भण्डारीले जनाएका छन् ।

हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी प्रमुख जयराम वन्तसहितको टोली पुगेका छन् । प्रहरी र स्थानीयवासीको सक्रियतामा माटोले पुरिएका शव निकालिएको प्रहरी निरीक्षक भण्डारीले बताए । शव परीक्षण गरी अन्त्येष्टिका लागि तयारी गरिएको बताइएको छ ।

मृतक भवीका श्रीमान् रोजगारीका क्रममा भारतमा रहेको परिवारले बताएको छ । उनका अरु दुई छोरा रहेको स्थानीयवासीले बताएका छन् । रासस