काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले संसदमा सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले सरकारले कोरोना नियन्त्रणमा उल्लेख्य काम गरेको, सुशासन, शान्ति, सुव्यवस्था र राष्ट्रिय समस्याहरुको समाधानको सम्बन्धमा प्रभावकारिताका साथ अघि बढेकाले सरकारलाई विश्वास गर्नुपर्ने नपर्ने कुनै कारण नभएको उनले दाबी गरे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘यदि हामी सत्यलाई स्वीकार्छौँ भने यस सरकारलाई अविश्वास गर्नुपर्ने वा विश्वास गर्नु नपर्ने कुनै कारण छैन ।’

विप्लव समूह र सीके राउतलाई शान्तिपूर्ण धारमा ल्याएको बताउँदै उनले सरकारले ऐतिहासिक र ठूला उपलब्धी हासिल गरेको बताए । ‘कसैले विखण्डनको राजनीति, विभाजनको राजनीति होइन, देशको सार्वभौमसत्ता, स्वाधिनता र भौगोलिक अखण्डताको विषयमा अब कुनै विवाद हुँदैन ।’ उनले भने, ‘हिंसा फैलाउने र पृथकतावादको धारणा बोक्नेहरुलाई पनि हामीले शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याइसकेका छौँ । यस्ता ऐतिहासिक र ठूला उपलब्धी यो सकारले गरेको छ ।’