काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव तयार गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा सोमबार बसेको माओवादी केन्द संसदीय दलको बैठकमा अविश्वासको प्रस्ताव तयार गर्दै सांसदहरुलाई वितरण समेत गरिएको छ ।


ADVERTISEMENT

# # #


ओलीविरुद्ध अविश्वासको प्रस्ताव तत्काल दर्ता भने नहुने भएको छ । कांग्रेसलगायत अन्य दलसँग छलफल गरेर थप निर्णय लिइने माओवादीको तयारी छ । अविश्वासको प्रतावमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिएको बुझिएको छ ।

बैठकले संसदको बिशेष अधिवेशन र विश्वासको मत लिने कुरा गलत मनसायले आएको ठहर गरेको माओवादी केन्दका मुख्य सचेतक देव गुरुङले जानकारी दिए ।

मुलुकमा अस्थीरता पैदा गर्ने र अध्यादेशमार्फत मुलुक चलाउने प्रधानमन्त्रीको कदम भएको निष्कर्ष समेत बैठकले निकालेको उनले बताए ।

त्यस्तै मध्यावधी निर्वाचनमा जान संसद भंग गर्ने उदेश्यले प्रधानमन्त्रीले विश्वासको मत माग्न लागेको हुनसक्ने गुरुङले बताए । बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको उनले जानकारी दिए ।

त्यस्तै बैठकले कोरोना नियन्त्रण र रोकथामका लागि सरकार असफल भएको निष्कर्ष निकाल्दै नागरिकको जीवन रक्षाका लागि गम्भीर भएर लाग्न ध्यानाकर्षण गराएको गुरुङले बताए ।