काठमाडौँ – माधव नेपाल समूहको आज बसेको बैठकले राजीनामा नदिने निर्णय गरेको छ । आइतवार उक्त समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमवार बिहाना ९ बजेसम्मको अल्टिमेटम दिँदै राजीनामा दिने चेतावनी दिएको थियो ।


ADVERTISEMENT


प्रधानमन्त्रीले ओलीले अल्टिमेटमको बेवास्ता गरेपछि सिँहदरबारमा राजीनामाका विषयमा छलफल गर्न भेला भएका नेपाल पक्षका सांसद्ले राजीनामा नदिने निर्णय गरेका हुन् । उक्त बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


बैठकको निर्णय सुनाउँदै नेता भीम रावलले भने, ‘ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेका छौं, केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएकाले राजीनामा नदिने निर्णय भएको छ ।’

यसअघि राजीनामाको विषयमा छलफल गर्न संसद् सचिवालय सिँहदरबारमा बसेको खनाल नेपाल निकट सांसद्हरुको भेलाले सामुहिक राजीनामा दिएर निस्किने तयारी गरेको बताएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आह्वान गरेको संसद्को विशेष अधिवेशन बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । आजै विश्वासको मतका लागि मतदान गर्ने तयारी रहेको छ ।