काठमाडौँ – नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहका सांसद्ले सामुहिक राजीनामा दिने भएका छन् ।


ADVERTISEMENT


नेपाल पक्षीय सांसद झपट रावलले केपी ओलीको दम्भका कारण पार्टी एकताका सम्पूर्ण प्रयास असफल भएकाले राजीनामाको तयारी गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


यद्दपी नेपाल–खनाल समूहका कति जनाले राजीनामा दिँदैछन् भन्ने भने खुलाइएको छैन ।

नेकपा एमालेको माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटन दिएकोमा ओलीले अल्टिमेटमको बेवास्ता गरेका थिए । अल्टिमेटमको समय सकिएपछि राजीनामाको विषयमा छलफल गर्न संसद् सचिवालय सिँहदरबारमा बसेको खनाल नेपाल निकट सांसद्हरुको भेलाले सामुहिक राजीनामा दिएर निस्किने तयारी गरेको हो । बैठक सिँहदरबारस्थित संसद् सचिवालयमा शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आह्वान गरेको संसद्को विशेष अधिवेशन बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । आजै विश्वासको मतका लागि मतदान गर्ने तयारी रहेको छ ।