काठमाडौ –नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको दोश्रो दिनमा आज चलचित्र उद्योग नेपालमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरण विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।


ADVERTISEMENT


जुम मार्फत गरिएको सो कार्यक्रममा नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्थाबारे चलचित्र जगतका हस्तीहरुसंग गहन छलफल गरिएको नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठकले बताए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा वरिष्ठ कलाकार हरिवैश आचार्यले चलचित्र क्षेत्रमा सरकारले बौद्धीक कपी राइटको संरक्षण गर्ने पर्ने बताउँदै यस क्षेत्रमा काम गर्नेहरुको उचित बीमाको व्यवस्था गर्ने आग्रह गरे । चलचित्र मार्फत रोजगारी एवं सामाजिक रुपान्तरण गर्ने मैलीक कथाहरुको श्रृजना गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले नेपालको चलचित्र क्षेत्रमा रोजगारीको श्रृजना कसरी गर्ने, जनशक्तीको विकास कसरी गर्ने लगायत बिषयमा गहन अध्यन बिना सुरु भएको उद्योगले थोरौमात्रामा भएपनि चलचित्र जगतमा श्रमशक्ती स्थापित गर्ने सफल भएको बताए ।

डिजिटल उपकरण , प्रविधि, दक्ष जनशक्तीपनि नेपाली चलचित्र उधोगले बिकाश गरेको र श्रमीकहरुको क्रमीक रुपमा विकास भएको उनले उल्लेख गरे ।

यसैबिच चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रकर्मीहरुलाई दक्ष बनाउन एवं विश्वबजारमा प्रतिस्पर्धा गर्न सिनेमा शिक्षालाई व्यवसायिक बनाउन जरुरी रहेको बताए ।

‘राज्यलेनै सीने योदाहरु तयार गर्ने पर्छ । चलचित्र निमार्णले मात्र रोजगारी श्रृजना गर्देन तसर्थ सिनेमालाई पर्यटन संग जोड्नु पर्छ र डिजिटल सिनेमाको अवधारणा अघि बढाउनु पर्छ ।’ अध्यक्ष दाहाल भन्छन्, ‘समाजमा सिनेमा संस्कृतिको विकास गर्नुपर्छ, सिनेमाकोबारेमा बहस गर्न पर्छ । सिनेमामा नयाँ प्रबिधि भित्रयाउने पूर्ण भन्सार छुट गर्नपर्छ ।’

चलचित्र विकास बोर्डमा स्टोरी बैंकको अवधारण शुरु भएर नीतिगत रुपमा पास समेत भइसकेको बताउँदै उनले चलचित्रमा केही समय कथामा लगानी, केही समय, दक्ष प्राविधिक जनशक्तिमा राज्यले लगानी गर्नपर्ने बताए ।

सुन्सरको झमेलालाई अब अनलाइनमार्फत पनि व्यवस्थित बनाइनुपर्ने, करपोरेट हाउसहरुलाई चलचित्रमा आकर्षण गराउनु आवश्यक रहेको अध्यक्ष दाहालको भनाई छ । सोही अवसरमा अन्तर्राराष्ट्रिय श्रम संगठनका प्रतिनिधि बिन्दा पाण्डेले चलचित्र क्षेत्रमा कृयाशिल संगठनहरुमार्फत नियम , कानुनहरु बाधा भएमा छलफल मार्फत समाधान गर्न आफू तयार रहेको बताइन् ।

श्रमीकहरुलाई परिचयपत्र देखी करारपत्र प्रदान गराईं राज्यसंग दर्ज गर्ने व्यवस्था मिलाउदै दस्वेजीकरण गराउन गराउदै अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुसार नेपालमा कार्यान्यन गर्न पर्ने बताए ।

विधेकमा समेत शंसोधन गरी समय अवस्था अनुसार श्रमलाई रोजगारी, उचित पारीश्रमकि , सामाजिक सुरक्षाको दायरामा ल्याउने, सामुहिक सौताबाजी गर्ने, मर्यादीत श्रमसंग जोड्न आवश्यक रहेको पाण्डेको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य : डा रामकुमार फुयाँलले

निफको यो बहस कार्यक्रम सारैनै अर्थपूर्ण रहेको र चलचित्र उधोगको रुपान्तरणमा विशेष महत्व राख्ने बताए ।

स्वरोजगार, आत्मनिर्भर बनाउनमा चलचित्र उधोग पनि महत्वपूर्ण गन्तव्य रहेको छ । सरकारको लक्ष्य अनुरुप वार्षिक ५ लाख युवालाई नयाँ रोजगारी सिर्जना गर्ने सहयोग हुने तथा बजेट निमार्णको पूर्वसन्ध्यामा गरिएको यो बहसले चलचित्र क्षेत्रमा बजेटीङ्गमा सजिलो हुने बताए ।

कार्यक्रममा कलाकार वसुन्धारा भुषाल, सुरक्षा पन्त, सामाजिक सुरक्षा कोषका निर्देशक कमलमणि ज्ञवाली, वरिष्ठ अर्थशास्त्री डा. विश्व पौडेल, पूर्वसचिव चन्द्र घिमिरे लगायतले धारणा राखेका थिए ।