काठमाडौँ – सरकारले बैसाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडानमा पनि रोक लगाउने निर्णय गरेको छ । मंगलवारदेखि स्थानीय उडानमा रोक लगाएको सरकारले अन्तरराष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


यद्यपि, कोरोनाको हटस्पट बनेको भारतमा भने हप्तामा २ ओटा उडान हुनेछन् । अन्य मुलुकमा उडान बन्द गर्दा उच्च संक्रमण भएको भारततर्फको उडान भने आंशिक खुला गर्ने निर्णय आइतवारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।


ADVERTISEMENT

# # #


कोभिड न्यूनिकरणका लागि अन्तरराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरिएकोमा काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौं–दिल्ली उडानबाहेक अन्य अन्तरराष्ट्रिय उडान बन्द हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

अधिकारीले भने, ‘उपचार प्रयोजन तथा अप्ठ्यारो अवस्था आउन सक्ने सम्भावनालार्ई ध्यानमा राखेर काठमाडौं–दिल्ली उडान हप्तामा दुईओटा हुने व्यवस्था गरिएको छ ।’