सोमबार राजधानीबाट प्रकाशित दैनिक पत्रिकाहरुले उम्मेदवारी दर्ताको विषयलाई महत्त्वका साथ छापेका छन् । पत्रपत्रिकाहरुले मंसिर १० गते हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता मनोनयन शान्तिपूर्ण रुपमा भएको लेखेका छन् ।


ADVERTISEMENT


उम्मेदवारी मनोनयका विभिन्न पाटा–पक्ष केलाएका पत्रपत्रिकाहरुले वामगठबन्धन बागीको झमेलामा फसेको लेखेका छन् । रामेछाप, मनाङ, दोलखा, जाजरकोट, ओखलढुंगालगायतका जिल्लामा वामगठबन्धनभित्रबाट बागी उम्मेदवार खडा भएका हुन् ।


ADVERTISEMENT

# # #


 

हेभिवेटको रोचक चुनावी प्रतिष्पर्धालाई पनि पत्रपत्रिकाहरुले आज लेखेका छन् ।

गोरखापत्र दैनिकले आज ‘पहिलो चरणको चुनावः ३२ जिल्लामा उम्मेदवारी दर्ता’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । हेभिवेटबीचको भीडन्तले बढ्यो चुनावी गर्मीलाई पनि गोरखापत्रले लेखेको छ । इजलास गठनपछि गाउँसम्मै पुग्यो न्यायलाई गोरखापत्रले एंकर बनाएको छ ।

नयाँ पत्रिका दैनिकले उम्मेदवार मनोनयनका विभिन्न पाटापक्ष केलाएको छ । हत्यारालाई बाचुन्जेल जेललाई पनि नयाँ पत्रिकाले आज लेखेको छ ।