काठमाडौँ– सरकाले डा. गोविन्द केसीको मागअनुसार चिकित्सा शिक्षा अध्यादेश पारित गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अध्यादेश पारित गर्दै जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।


ADVERTISEMENT


अध्यादेश राष्ट्रपतिबाट जारी भए उपत्यकामा १० वर्षसम्म कुनै पनि मेडिकल कलेज खोज्न पाइँदैन ।


ADVERTISEMENT

# # #


अध्यादेशमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिइने उल्लेख छ । यस्तै एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्वन्धन दिन सक्ने अध्यादेशमा उल्लेख छ ।

यससँगै मनमोहन, काठमाडौं नेशनललगायतका मेडिकल कलेजले सम्बन्धन पाउने बाटो बन्द भएको छ ।

अध्यादेश नयाँ संसदको बैठक बसेको ६० दिनभित्र पास हुनु पर्ने संवैधानिक व्यवस्था छ । यदि पास हुन सकेन भने स्वत खारेज हुनेछ ।