काठमाडौँ – पछिल्लो समय कोरोना संक्रमण वृद्धि भएसँगै काठमाडौँमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज बिहान ६ बजेदेखि २२ गते मध्यरातिसम्म लागू हुनेगरी १ हप्ताका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT


निषेधाज्ञाको पहिलो दिन आज अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । सडकमा कतै फाट्टफुट्ट सवारी चलेका छन् भने कतै जाम समेत भएका दृश्यहरु बाहिरिएका छन् ।


ADVERTISEMENT

# # #


यद्दपी ट्राफिक प्रहरी महाशाखाले कडाईका साथ चेकजाँच गरिएको छ । सडक पेटीहरु प्राय सुनसान छन् । निषेधाज्ञा पालना गराउन काठमाडौंको चोक चोकमा प्रहरी परिचालन गरिएको छ ।

सुनसान सुन्धारा सडक खण्ड पृष्ठभूमिमा नयाँ धरहरा । तस्वीर : रासस

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्र्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन ।

विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । विवाहमा जाँदा ब्यानरसहित दुई वटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ । विवाहमा जाँदा जिल्ला वा अन्तर जिल्लाका लागि पास नचाहिने तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिने छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।

सुनसान सिंहदरवार सडक खण्ड । तस्वीर : रासस

काठमाडौँको भद्रकालीमा सवारीको पास जाच गर्दै ट्राफिक प्रहरीहरु । तस्वीर : रासस

सुनसान न्यूरोड गेट । तस्वीर : प्रदीपराज वन्त, रासस

बन्द सुन्धारा सडकपेटीमा धुपको व्यापार गर्ने एक वृद्ध व्यापारी आफूले व्यापार गर्ने सटर अगाडी वसेर टोलाउदै । तस्वीर : रासस