काठमाडौँ – नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्व महारानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको छ ।


ADVERTISEMENT


उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारेर अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन ।


ADVERTISEMENT

# # #


अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेको अस्पतालले जानकारी दिएको ।

पूर्व अधिराजकुमारी प्रेरणा पनि नर्भिकमै उपचाररत रहेकोमा उनको अवस्था भने निकै सामान्य रहेको जनाइएको छ ।