काठमाडौँ – काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख जिल्ला अधिकारीहरूको गत सोमवार बसेको बैठकले आजदेखि उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।


ADVERTISEMENT


निषेधाज्ञापछि अत्यावश्यकबाहेकका सेवा बन्द भएका छन् । यातायात सेवा बन्द भएपनि अत्यावश्यक क्षेत्रमा सञ्चालन हुने सवारीसाधन सञ्चालन हुनेछन् । त्यस्ता सवारीसाधनका लागि इन्धन आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमले काठमाडौँभरीका सबै पेट्रोल पम्प खुला राख्ने निर्णय गरेको छ । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले विज्ञप्ति निकाल्दै काठमाडौँका सबै पेट्रोल पम्प खुला रहने बताए ।


ADVERTISEMENT

# # #


पेट्रोलीयम पदार्थको आपूर्ति व्यवस्था मिलाउन निगमको प्रादेशिक कार्यालय थानकोट खुलै रहने जानकारी उनले दिए ।

विज्ञप्ति

No description available.