काठमाडौ ।  एमाले भातृ संगठन नेपाल खेलकुद महासंघले केन्द्रीय कमिटीलाई पुर्णता पाएको छ ।  राष्ट्रिय भेलाले रमेश पौडेलको अध्यक्षतामा केन्द्रीय कमिटी बाट बिभिन्न कमिटीको गठन गरीएको छ । स्थायी कमिटी, सचिवालय, लेखा आयोग, अनुशासन आयोग, निर्वाचन आयोग, बिज्ञ आयोग तथा सल्लाहकार समिति रहने व्यवस्था समेत पारित गरेको थियो । सोही भेलाको म्याण्डेटका आधारमा केन्द्रीय कमिटीदेखि सवै तहको कमिटीलाई पुर्णता दिइएको हो । अध्यक्ष, पौडेल सहित वरिष्ठ उपाध्यक्ष, परशुराम बस्नेत तेस्तै गोविन्दप्रसाद भट्टराई प्रथम उपाध्यक्ष तथा मेघराज पौडेल महासचिव रहेको महासंघले ८ सय ४५ सदस्यीय केन्द्रीय समिति बनाएको छ।


ADVERTISEMENT


महासंघले आफ्नो संगठनलाई देशका ७७ वटै जिल्लामा पुर्‍याएको छ। एमालेका पुराना भातृसंगठनकै शैलीमा महासंघले आफ्नो संगठन विस्तार गरेको हो । महासंघका वरिष्ठ उपाध्यक्ष  बस्नेतले युवाहरुलाई खेल क्षेत्रमार्फत संगठित गरेर देश विकासमा लगाउन आफूहरु सक्रिय हुने बताएका छन्।


ADVERTISEMENT

# # #


महासंघको गत वैशाख ७ गते गरिएको भेलाबाट गठित केन्द्रीय कमिटी, आयोगहरू, सल्लाहकार कमिटी, प्रदेश, जिल्ला र महानगर कमिटीको मूल नेतृत्वको बुधबार सार्वजनिक गरिएको छ।

‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्‍ने मूल नारासहित स्थापित यो संगठनमा लाखौँ युवालाई गोलबन्द गर्ने योजना बनाइएको वरिष्ठ उपाध्यक्ष बस्नेतले बताए।

सूचीसहित :

khelkud mahasangh