काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ ।


ADVERTISEMENT


आज एक विज्ञप्ति जारी गर्दै महासंघले गत सोमबार बसेको डिसीएमसीको बैठकले स्थलगत यातायातबाट यात्रु ओसारपसार गर्न निषेध गरी हवाई सवारीलाई भने सो अनुमति दिएको निर्णय विभेदपूर्ण भएको भन्दै आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेको खण्डमा स्थलगत यातायात पनि चल्न पाउनुपर्ने माग गरेको हो ।


ADVERTISEMENT

# # #


‘उपत्यकाभित्र यात्रुवाहक क्षेत्रमा सेवा प्रदान गर्दै आएका स्थल यातायात बाट यात्रु ओसारपसार गर्न निषेध गरी हवाई यातायाबाट यात्रु ल्याउने लैजाने कार्य खुला गरी विभेदपूर्ण निर्णयम भएकोमा महासंघको गम्भिर रुपमा ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ । सरकारले उक्त विभेदपूर्ण निर्णलाई पुर्नविचार स्थलगत यातायताबाट पनि सरकारले तयार गरेको स्वासथ्य प्रोटोकल पुरा गरी यात्रु ल्याउने– लैजाने कार्यलाई सहज गरिदिनमहासंघले सरकारको सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।

यसका साथै महासंघले नयाँ भेरियन्टको भाइरस अत्यन्तै चाडो सर्ने र व्यापक रुपमा समुदायमा समेत फैलिरहेको भन्दे ‘बाभ्चौ र बचाऔँ’ भन्ने अभियानमा सरिक भई आ–आफ्नो क्षेत्रबाट महामारी नियन्त्रण तथा रोकथाममा सहयोग पुर्‍याउन आमव्यक्तिलाई आह्वान समेत गरेको छ ।