काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले अचानक निषेधाज्ञा लगाएकाले बाटोमा यात्रुहरु अलपत्र परेको बताएको छ । महासंघले चरिकोट, सोलुखुम्बु लगायतका ठाउँबाट घर फर्किन भनेर काठमाडौँ आएका मजदुरहरु बाटोमा अलपत्र परेको भन्दै थप दुई दिन गाडी चलाउन दिन माग गरेको छ ।


ADVERTISEMENT


महासंघका महासचिव सरोज सिटौलाले महासंघले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र गृह मन्त्रालयलाई समय थप गर्न महासंघले अनुरोध गरेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


अहिले कोटेश्वर, नयाँ बसपार्क, कलंकी लगायतका ठाउँमा यात्रुको चाप बढेको छ भने गाडी नपाउँदा उनीहरुमा अलपत्र पर्ने चिन्ता बढेको छ । सरकारले गत सोमवार बिहीवारदेखि निषेधाज्ञा लगाउने निर्णय गरेपछि कामका लागि विभिन्न ठाउँ पुगेका मजदुरहरु काठमाडौँ झरेका थिए । तर काठमाडौँकै चाप उच्च भएकाले सोमवारदेखि नै बसको टिकट पाइएको छैन । टिकट नपाउँदा यात्रुहरु कोरोनाको समयमा पनि उभिएरै भिडभाडमा कोचिएर लामो दूरीको यात्रा गर्न बाध्य भएका छन् ।

बिहीवारदेखि बन्द गर्ने निर्णयका कारण बाटोमै अलपत्र पर्ने त्रासले काठमाडौँ बाहिरका गाडी काठमाडौ बाहिरका गाडी आउनै नमानेको महासचिव सरोज सिटौलाले बताए । ‘पोहोर पनि सरकारले मजदुर/श्रमिकलाई बिचल्ली पारेपछि उनीहरू भोकभोकै हिँडेर लामो दूरीको यात्रा गर्न बाध्य भए,’ उनले भने, ‘त्यही क्रम दोहोरिने खतरा बढेकाले हामीले यसो हुन नदिन समय थप गर्न माग गरेका छौँ ।’ उनले सरकारले मजदुर/श्रमिकलाई घर पुगाउन सहजीकरण गरिदिनुपर्ने बताए ।