काठमाडौँ–  विश्व कोरोना महामारीको लहरले अस्तव्यस्त भइरहेको यस अवस्थामा व्यक्तिको प्रतिरक्षा प्रणाली मजबुद हुनु तत्कालका लागि निकै नै महत्वपूर्ण रहेको छ ।


ADVERTISEMENT


स्वस्थ एवम् मजबुत प्रतिरक्षा प्रणालीले व्यक्तिलाई रुघाखोकीजस्ता सामान्य बिरामीको जोखिमलाई कम गराउनुका साथै प्रतिरोध क्षमतामा सुधार गर्दै अन्य बाहिरी घातक ब्याक्टेरिया एवम् भाइरसविरुद्व लड्न समेत मद्दत गर्दछ । जसले हामीलाई लाग्न सक्ने विभिन्न जोखिमलाई समेत कम गराउँछ । यसकारण पनि हामीले आफ्नो प्रतिरोध क्षमतालाई मजबुत तथा बलियो बनाइराख्नु पर्छ ।


ADVERTISEMENT

# # #


हालको बद्लिदो पर्यावरणीय अवस्था र कोरोना लहरका बीच आफ्नो प्रतिरोध क्षमतालाइ मजबुत बनाउनु आफैँमा एक चुनौतीपूर्ण पक्ष हो । यद्यपि असम्भव भने छैन । र, तत्कालका निम्ति यो अति आवश्यक पक्ष पनि हो ।

व्यक्तिले आफ्नो प्रतिरोध क्षमता प्रस्फूटन गर्ने अनेकौ उपायहरु रहेका छन् । जसमध्ये केहि आधारभुत उपायहरु भने निम्नानुसार रहेका छन्ः

१.  स्वास्थ्यवर्द्वक खानाको सेवन गर्ने

स्वस्थ एवम् मजबुत प्रतिरोध प्रणालीको प्रमुख पक्ष भनेको हामीले प्रयोग गर्ने खाना पनि हो । यसकारण पनि हामीले आफूले खाने खाना स्वस्थवद्र्वक छ वा छैन भन्ने विषयमा विशेष ध्यान दिनुपर्छ ।

हामीले खाने खानाले हाम्रो प्रतिरोध क्षमतामा सहयोग पुर्‍याओस् भन्नका निम्ति हामीले आफ्नो खानामा हरियो सागपात तथा तरकारी, फलफूल, अन्न तथा प्रोटिन र फ्याटलाई आफ्नो आहारमा समावेश गर्नुपर्ने विज्ञहरुको भनाई छ ।

यसका साथै भिटामिन बी६, भिटामिन सी तथा भिटामिन–ई उपलब्ध आहारहरु उचित रुपमा आफ्नो खानामा सेवन गर्नाले व्यक्तिको प्रतिरोध क्षमता विकास गर्न निकै राम्रो भुमिका निर्वाह गर्दछ ।

कुन खानामा कुन भिटामिन?

भिटामिन बी६ : चिकेन, सालमोन, टुना फिस, केरा, हरियो तरकारी र आलु

भिटामिन सी:  सुन्तला, स्ट्रबेरी, गोलभेँडा, ब्रोकाउली र पालुङ्गो साग

भिटामिन ई: अल्मोण्ड(देशी बदाम), सुर्यमुखी फुल तथा यसबाट निर्मित तेल एवम् यसको बिँया, बदामको बटर र पालुङ्गो ।

२. नियमित शारीरिक व्यायाम गर्ने

व्यायाम गर्नु भनेको शरीरलाई सक्रिय राख्नु पनि हो । र, शारीरिक रुपमा सक्रिय रहनाले शरीरका मांसपेशीको आकार मिल्ने मात्र नभई तपाईलाई अनावश्यक तनावबाट समेत टाढा राख्दछ । यसका साथै यो पनि स्वस्थ रहि हाम्रो प्रतिरोध क्षमता प्रस्फुटन गर्ने एउटा गतिलो माध्यम हो ।

व्यायामले एकतर्फ शरीरको प्रतरोध क्षमतामा सुधार गर्न मद्दत गर्छ भने, अर्काेतर्फ शरीरमा सम्पूर्ण सर्कुलेशनलाई बढावा दिदैँ अन्य संक्रमणसंग लड्ने क्षमताको विकास गर्दै निरोगी जीवन जिउनमा ठूलो भुमिका समेत निर्वाह गर्दछ ।

विभिन्न अध्ययनका अनुसार, प्रतिदिन कम्तिमा पनि ३० मिनेटसम्म उचित रुपमा रुपमा व्यायाम गर्नाले यसले व्यक्तिको प्रतिरोध क्षमतालाई उप्रेरित गर्छ । यसकारण पनि प्रत्येक व्यक्तिले आफ्नो दैनिक जिवनमा कम्तिमा पनि ३० मिनेट उचित रुपमा शारीरिक व्यायाम गर्ने बानी बसाल्नुपर्छ ।

३. प्रशस्त पानीको सेवन गर्ने

पानी हामी स्वास्थ्यको निम्ति अपरिहार्य तरल पदार्थ हो भन्ने तथ्य हामी सम्पूर्णमाँझ सर्वविविधै छ । पानीले हाम्रो शरीरमा धेरै महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ । जसअन्र्तगत हाम्रो प्रतिरोधात्मक क्षमतालाई सघाउ पुर्‍याउनु पनि पानीको अर्काे विशेषता हो ।

‘लिम्फ’ पनि भनिने फ्लुइड सञ्चारण कार्यप्रणालीले व्यक्तिको शरीरमा भएको संक्रमणसंग लड्ने प्रतिरक्षा कोषहरु बोकेको हुन्छ । यो धेरैजसोे पानीले बनेको हुन्छ ।

यस्तै, शरीरमा पानीको मात्रा कमी भएमा लिम्फको गतिविधिमा अवरोध आउनुका साथै यसले व्यक्तिलाई रोगी जीवनतर्फ डोर्‍याउँछ ।

यद्यपि अधिकांश व्यक्तिको धारणा को छ भने, शरीरमा भएको पानी हाम्रो पसिना एवम् पिसाबको माध्यमबाट मात्रै शरीरबाहिर आउँछ भन्ने छ । तर, त्यो होइन । हामीले फेर्ने सासको माध्यमबाट पनि शरीरबाट पानीको मात्रा निस्काशन भइरहेको हुन्छ । यसकारण पनि हामीले शरीरलाई पानीको कमी हुन नदिनाका लागि समय–समय पानी पिइरहनु पर्छ ।

तसर्थ आफ्नो प्रतिरोध क्षमता वृद्वि गर्नाका लागि प्रत्येक व्यक्तिले शरीरलाई सुख्खा नराखी उचित मात्रामा पानी पिउने बानीको विकास गर्नुपर्छ ।

४. उचित एवम् पर्याप्त निन्द्रा सुत्ने

निन्द्रा पक्कै पनि एक सक्रिय प्रक्रिया होइन । यद्यपि यस दौरानमा हाम्रो शरीरमा कति गतिविधिहरु भइरहेका हुन्छन्, त्यसलाई प्रत्येक आम व्यक्तिले बुझेको भने देखिदैन ।

निन्द्राले हाम्रो शरीरमा संक्रमण विरुद्व लड्ने महत्वपूर्ण अणुहरु उत्पादन गर्छ । यस्तै, पर्याप्त उचित निन्द्राको अभाव भएका व्यक्ति सजिलै भाइरस संक्रमणमा पर्ने तथ्य अध्ययनले समेत सार्वजनिक गरेको छ ।

यस अर्थमा पनि भन्ने हो भने, प्रतिरक्षा प्रणाली र संक्रमण विरुद्व लड्न शरीरलाई सघाउँ पुर्‍याउनका लागि पनि हामीले कति समय सुत्ने भन्ने तालिका बनाई त्यसलाई अनुसरण गर्नुपर्छ ।

५. तनावमुक्त रहने प्रयास गर्ने

प्रत्येक व्यक्ति सकभर आफ्नो जीवन तनवारहित रुपमा जिउन चाहान्छन् । यद्यपि विलासी एवम् भविष्यप्रतिको चिन्ता या अन्य विविध कारणवश् हामीलाई कुनै न कुनै रुपमा चिनताले हरदम सताइरहेकै हुन्छ । र, यो हाम्रो शरीर कमजोर बनाउने मानसिक पक्ष पनि हो ।

अर्थात्, उत्तम प्रतिरोध प्रणालीका लागि शारीरिक रुपमा मात्रै नभई मानसिक रुपमा पनि उत्तिकै स्वस्थ रहनु महत्वपूर्ण रहन्छ । विशेषगरी दिगो रुपमा स्थापित भइरहेको तनावले व्यक्तिमा संक्रमणको जोखिम समेत बढाउँँछ ।

तसर्थ हामीले आफूलाई सक्दो तनावमुक्त राख्ने व्रयास गर्नुपर्छ । यसका लागि हामीले के बुझ्नुपर्छ भने, तनाव प्रत्येक व्यक्तिको जीवनमा कुनै न कुनै रुपमा आइरहन्छ । यद्यपि हामीले यसलाई कसरी राहत दिन्छौ भन्ने कुराले सबैभन्दा बढि महत्व राखेको हुन्छ । अर्थात्, सदैव सकरात्मक सोच राखी गहरिो सास लिदैँ ‘तनाव केहि समयसम्मको लागि मात्रै हो र, यो सावधान हुन्छ । यसका निराकरणका लागि मैले प्रयास गर्नुपर्छ’, भन्ने सोच लिएमा मात्रै पनि यसले अधिकांश व्यक्तिमा भएको तनावलाई कम गर्न मद्दत गर्छ ।

यसका साथै आफूलाई तनावमुक्त गराउन व्यक्तिले खेलकुद, व्यायाम, प्राथना या योगाजस्ता आफूलाई मनपर्ने गतिविधिको साहारा पनि लिन सकिन्छ । एजेन्सी ।