काठमाडौँ– काठमाडौँ उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको छ ।


ADVERTISEMENT


कोरोना संक्रमणको दोस्रो लहरको जोखिम बढेसंगै आज काठमाडौँ, भक्तपुर र ललितपुरको सिडिओको बसेको बैठकले वैशाख १६ गते मध्य रातिदेखि लागू हुनेगरी काठमाडौँ उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


१६ गतेबाट जारी हुने भनिएको निषेधाज्ञा कहिलेसम्मका लागि ? भन्ने विषयमा भने अहिले नै टुङ्गो भइसकेको छैन । यो अवधिमा हत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुनेछन् ।

यसअघि आज बिहान बढ्दै गएको कोरोना महामारीको जोखिम अवस्थालाई मध्यनजर गर्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भने कम्तीमा देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिसमार्फत सुझाएको  थियो ।

वैशाख १६ गतेबाट नै निषेधाज्ञा जारी गर्ने प्रस्ताव राखेको सीसीएमसीले भने कम्तिमा तीन साताका लागि लकडाउन/निषेधाज्ञा गर्न वा विकल्पको रुपमा सहरी क्षेत्रमा ५ सय र अन्य जिल्लामा २ सय सक्रिय संक्रमित पुगेको खण्डमा भने सो स्थानहरुमा निषेधाज्ञा अनिवार्य रुपमा गर्नुपर्ने सीसीएमसीको मन्त्रीपरिषद्समक्ष सिफारिस गरेको थियो ।

यस्तै, उपत्यकाको हकमा भने, १ हजार जनाभन्दा बढी सक्रिय संक्रमित पुगे निषेधाज्ञा जारी गर्न पनि सीसीएमसीले मन्त्रीपरिषद्लाई बुझाएको सिफारिसमा उल्लेख गरेको थियो ।