काठमाडौँ– खैरेलाई हिर्काएर मारेका विरोधमा दोषीमाथि कानूनी कारवाहीको माग गरिएको छ ।


ADVERTISEMENT


धुलिखेल नगरपालिका–४ स्थित २८ किलो भन्ने स्थानमा गत चैत १८ गते खैरे नामको कुकुरलाई मार्ने दुई युवालाई कानूनी कारवाहीको माग गरिएको हो ।


ADVERTISEMENT

# # #


रेस्क्यु एनिमल नेपालले हत्यामा संलग्न युवालाई तत्काल पक्राउ गर्न अनुरोध गरे पनि प्रहरीले आलटाल गरेको संस्थाका पदाधिकारी सिर्जना अधिकारीले पत्रकार सम्मेलन गरेर जानकारी दिएकी छिन् । बिजुलीको खम्बामा खैरेलाई बाँधी दुई पुरुषले कोदालो र फलामको रडले टाउकामा हिर्काएर हत्या गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

अधिकारीले खैरेको हत्यारा पक्राउ नभए सशक्त आन्दोलन गरिने चेतावनी दिँदै कुकुरको हत्यारा पक्राउ गर्न प्रहरीसमक्ष किटानी जाहेरी दिएकी छिन् । नेपालमा पशुपन्छी संरक्षण ऐनानुसार जनावरका हत्यारालाई तीन महिनासम्म थुन्ने वा रु. पाँच हजार या अपराध प्रकृति अनुरुप दुवै हुनसक्ने कानुनी व्यवस्था छ । रासस