काठमाडौँ– नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा उपलब्ध आयोजक कमिटी सदस्यको बैठक भर्खर शुरु भएको हो ।


ADVERTISEMENT

# # #


बिहान १० बजे बैठक बोलाइए पनि दुई घण्टापछि मात्र शुरु भएको केन्द्रीय सदस्य ईश्वरी रिजालले जानकारी दिए । पार्टीका समसामयिक विषयमा छलफल गर्न आज आकस्मिक बैठक बोलाइएको हो । यसअघि यही वैशाख १० गते बसेको बैठकले २६५ जना आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको थियो ।

बैठक बस्नुअघि एमालेका शीर्ष नेताबीच छलफल भएको थियो । रासस