काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहराको आज उद्घाटन गरेका छन् । आज आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन् ।


ADVERTISEMENT


छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा ढलेको थियो । भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा बनाइएको हो ।


ADVERTISEMENT

# # #


विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । विसं २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो । पहिलोपटक प्रधानमन्त्री बनेका बेला २०७२ फागुन ४ गते ओलीले ‘मेरो धरहरा मैँ बनाउँछु’ अभियान शुरु गरेका थिए ।