काठमाडौँ – नेपालले आगामी ५ वर्षसम्म रसायनिक मल खरिदका लागि भारतसँग सम्झौता भएको छ ।


ADVERTISEMENT


नेपालले गत वर्ष नै मल खरिदका लागि भारत सरकारलाई प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमाथि सहमति जनाउँदै भारत नेपाललाई मल दिन तयार भएको हो ।


ADVERTISEMENT

# # #


डीएपी ७० हजार टन र युरिया १ लाख ३० हजार टन गरी वार्षिक २ लाख टन रासायनिक मल जिटुजी प्रक्रियाबाट उपलब्ध गराउने सहमतिसहितको पत्र भारतले पठाएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले जानकारी दिए ।

यसअघि पनि सन् २०१८ सम्म नेपाललाई भारतले मल उपलब्ध गराउने गरेको थियो । सन् २०१३ मा मल खरिदका लागि नेपालले भारतसँग ५ वर्षको सम्झौता गरेकोमा २०१८ यता सम्झौता हुन सकेको थिएन । भारतले मल उपलब्ध गराउने भएपछि यस वर्षबाट मलको समस्याको समाधान हुने सचिव कार्कीले बताए ।