काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु ईन शेर्पाले एउटा सानो मात्रै प्रमाण भए आफै मुख्यमन्त्री राईलाई कठघरामा उभ्याउने बताएकी छन् । उनले शुक्रवार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफूलाई अन्यायका विरुद्धमा बोल्ने सामाजिक सेवाकर्मी भएको बताउँदै अन्यायकाविरुद्ध लड्न आफू तयार रहेको बताएकी छन् ।


ADVERTISEMENT


बिहीवार नेकपा एमालेको नयाँ केन्द्रिय कार्यालय थापाथली पुगेका शेरधन राईलाई भेट्न खोज्दै बालिका खड्का नामकी एक महिलालाई उनलाई तथानाम गाली गरेकी थिइन् । मुख्यमन्त्री बालिकाले आफूलाई राईले प्रेममा धोका दिएको आरोप लगाउँदै आएकी छन् ।


ADVERTISEMENT

# # #


थापाथली घटनापछि मुख्यमन्त्री पत्नी जाङ्मुले बिना प्रमाण राईको चरित्र हत्या गरिएकोमा आपत्ति जनाएकी हुन् । लामो समयदेखि मुख्यमन्त्री राईको चरित्र हत्या तथा राजनीतिक जीवन समाप्त गर्ने सुनियोजित षड्यन्त्र भएको आरोप लगाउँदै उनले बालिकासँग सानो मात्र प्रमाण भए आफै मुख्यमन्त्री राईलाई कानूनी कठघरामा उभ्याउन तयार रहेको बताएकी हुन् ।

यस्तो छ उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस : सामाजिक संजाल र युट्युबहरुमा भाइरल बनाइएको घटना र बिषयले मेरो गंभीर ध्यानाकर्षण भएको छ । मेरो श्रीमानविरुद्ध विगत लामो समयदेखि उहाँको चरित्र हत्या मात्र होइन, व्क्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियोजित षडयन्त्र हुदै आएको र अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरु हुँदै आएको कुरामा म राम्रो जानकार छु । म पनि एउटा सचेत महिला हुँ, न्याय/अन्याय सबै कुरा बुझ्छु । त्यतिमात्र होइन, अन्यायकोबिरुद्ध बोल्ने र लड्ने सामाजिक सेवाकर्मी पनि हुँ । तर बिना प्रमाण, बिना गल्ति र दोष एउटा महिलाको नाममा यो हद सम्मका महिलाहरु पनि हुँदा रहेछन् भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एकजना महिलाले गर्दै आएकी छिन् यो ज्यादै नै दुखद छ । मेरो श्रीमानले पिडीत बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कारवाहीको कठघरामा उभ्याउन तयार थिए, छु । मलाई पनि भ्रम थियो मेरो श्रीमानको गल्ति छैन भन्दा भन्दै कतै चुक्नु भएको पो छ कि भनेर, तर पहिला र म उहाँकी जीवनसाथी भइसकेपछि वास्तविक तथ्यहरु बुझ्दा सय होइन हजार लाख प्रतिशत वहाँ निर्दोष हुनुहुँदो रहेछ भन्ने कुरा म आफैले सबै तथ्यहरुको खोजी गर्दा पत्ता लगाएकी छु । मेरो श्रीमानले सायद एकपटक सार्वजनिक कार्यक्रममा बोल्नु भएको छ । स्वयं त्यही महिलाले उहाँ निर्दोष हुनुहुन्छ, मैले अरुको उक्साहटमा उहाँलाई आरोप लगाएको भनेर न्यायलयमा, पार्टी कार्यलय र मिडियाहरुमा स्वयमको हस्ताक्षरमा लिखतहरु सार्बजानिक गरिसकेकी छिन तर फेरी आज त्यही मान्छेद्वारा त्यस्तो हर्कत, यसलाई के भन्ने ? गल्ति नगर्ने, कहीँ कतै नचुक्ने तर सुनियोजित, प्रायोजित ढंगबाट अरु कुनै केही गल्ति कमजोरी नपाएर, आफ्नो राजनितीक सफलता र उचाइबाट इर्श्या डाह गरेर खुट्टा तान्ने तल्लो दर्जाका फोहोरी मान्छेहरुसंग के प्रतिवाद गर्ने भनेर चुप लागेर मेरो श्रीमान बस्नु भएको भएपनि मलाई लाग्छ अब चुप लागेर बस्नुहुदैन । कानूनी, प्रशासनिक लगायतका बाटाहरुको अवलम्बन गर्नुपर्छ । अन्तमा यसप्रकार मेरो श्रीमानको चरित्र हत्या गर्न सुनियोजित रुपमा भइरहेका हर्कत र त्यसलाई सुनियोजीत रुपमा युट्युव लगायत सामाजिक संजालहरुमा प्रचार भइरहेका कुराहरुबाट भ्रमित एवं दुखित नहुन म मेरो परिवार, आफन्त, नातागोता साथीभाई, शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्न चाहन्छु । यस्ता सुनियोजित र षडयन्त्रमुलक हर्कत सहितका प्रचार प्रयासहरुले म र मेरो श्रीमान र परिवारकाबीच कुनै पनि असर नपर्ने कुरा पनि सबैलाई स्पष्ट पार्न चाहन्छु । यी केही तथ्यहरु पनि हेरि दिनुहोला । धन्यबाद ।

उनले सामाजिक सञ्जालमा तथ्यका रुपमा निम्न कागजातहरु पेश गरेकी छन् ।

No photo description available.

No photo description available.