काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा पूर्व सांसद, पूर्व महान्यायधिवक्ता एवं वरिष्ठ अधिवक्ता महादेव प्रसाद यादव नियुक्त भएका छन् ।


ADVERTISEMENT


पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टीको पदाधिकारी बैठकले यादवलाई केन्द्रीय निर्वाचन समितिको संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो । कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम यादवलाई नियुक्त गरिएको कांग्रेसले जनाएको छ ।


ADVERTISEMENT

# # #


बैठकमा महाधिवेशन तयारीका साथै पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको कांग्रेसले जनाएको छ ।