अफ्गानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा कम्तिमा १५ सैन्य अधिकारीहरुको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् । मार्शल फहिम सैन्य एकेडेमीको गेटमा बिस्फोट हुँदा सो हताहती भएको त्यहाँको रक्षामन्त्रालयलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । सैन्य अधिकारीहरु बसबाट उत्रिएर सो एकेडेमीको गेटमा आईपुगेलगत्तै बिसफोट भएको थियो । यसअघि हिजो काबुलस्थित शिया मुस्लिम धर्मावलम्वीको मस्जिदमा आत्मघाती बम आक्रमण हुँदा ५६ जनाको मृत्यु भएको थियो । सो आक्रमणको जिम्मा इस्लामिक अतिवादी संगठन आईएसले लिएको थियो । घोर प्रान्तस्थित मस्जिदमा हिजै भएको अर्को आक्रमणमा २० जना मारिएका थिए । – आजको कान्तिपुरबाट


ADVERTISEMENT