काठमाडौँ – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको भेला मंगलबार काठमाडौंमा हुने भएको छ ।


ADVERTISEMENT


महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खेलकुदको मध्यमबाट नेपालको बाम लोकतान्त्रिक आन्दोलनका आधारभूत मान्यतालाई समेत ध्यान दिई खेल क्षेत्रको विकासका लागि भेला आयोजना गरिएको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने नाराका साथ भेला आयोजना गर्न लागिएको भेला संयोजक रमेश पौडेलले जानकारी दिए ।

भेलामा ७७ वटै जिल्ला तथा आवद्ध विभिन्न खेल संस्थाहरुबाट करिब १ हजार जना प्रतिनिधिहरुको उपस्थितीमा खेलकुद र यस क्षेत्रको विकासकाबारेमा छलफल गरिने उनले बताए । त्यस्तै आगामी कार्यदिशासहित केही महत्वपूर्ण घोषणाका साथ नेतृत्वको समेत पुनर्गठन गरी घोषणा गरिने पौडेलले जानकारी दिए ।

यस्तै नेकपा युवा नेता पर्शुराम बस्नेतले समेत खुलकुदका माध्यमबाट सबै युवाहरुलाई स्वस्थ बनाउँदै मुलुक समृद्धिको यात्रामा अगाडि बढाउने संकल्प गरेका छन् । भेलाको मंगलबार राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने प्रचार प्रसार समितिका संयोजक प्रभात बिक्रम कटुवालले हिमालय पोष्टलाई जानकारी दिए ।