काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुको विरोध व्यक्ति विशेषका लागि नभएर समग्र प्रवृत्तिको विरोध भएको बताएका छन् ।


ADVERTISEMENT


नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले सोमबार काठमाडौंमा गरेको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाइ कार्यक्रममा नेता नेपालले केहि व्यक्तिमा गलत प्रवृति हावी भएको भन्दै त्यसलाई सुधार गर्नका लागि आफुहरुको विरोध भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले आफ्नो समर्थन नभएपछि प्रधानमन्त्री ओलीले संसदलाई घाँडो ठानेको तर्क गरे । घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम अहिले भएको उनको भनाइ छ । ‘हामीले आशा गरेका थियौँ संसदले राम्रो भूमिका निर्वाह गर्नेछ । तर, संसदमा आफ्नो समर्थन नभएपछि संसदलाई नै घाणो ठान्ने, पार्टीभित्र आफ्नो समर्थन नभएपछि पार्टीलाई नै घाणो ठान्ने । अनि संसद नै भंग गरिदिने, पार्टी नै भत्काइदिने विध्वंशकारी प्रवृत्ति हाम्रो समाजमा हिजो आज देखा पर्न थालेको छ ।’

उनले गलत कुराको हार र सत्य कुराको जित हुने दाबी गरे । केपी ओलीलाई प्रधानमन्त्री बनाउन जसले भर्‍याङ बनाइदियो उसैलाई सडकमा पुर्‍याएको उनले बताए ।