भक्तपुर– भक्तपुरमा आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको अन्तिम दिन आइतबार स्थानीय कुमाले टोलमा हात नभएको लिङ्गो ढालिएको छ ।


ADVERTISEMENT


प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी कुमाले टोलमा उभ्याइएको उक्त लिङ्गो विधिपूर्वक रूपमा पूजाअर्चना गरेर ढालिएको हो । बिस्केटामा उठाइने लिङ्गो हेर्नाले शत्रु नाशहुने र बैभव प्राप्त हुने जनविश्वस रहेको जानकारहरुको भनाई छ । बिस्केट जात्रा भित्रको महत्वपूर्ण जात्रा लिङ्गो उठाउने जात्रा भएकाले विधिपूर्वक पूजापाठ गरी लिङ्गो ढालिएको जनाइएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु भएको बिस्केट जात्रा अपराह्न भैरवनाथ र भद्रकालीकै रथ तानेर विधिपूर्वक रूपमा सम्पन्न गरिने परम्परा रहेको छ ।