सुर्खेत – कर्णालीका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकास मन्त्री अम्मर बहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले सपथ लिएका हुन् ।


ADVERTISEMENT


कर्णालीका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले उनीहरुलाई आइतबार एक समारोहकाबीच शपथ खुवाएका हुन् । सपथ समारोहमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही, सभामुख राजबहादुर शाही, मन्त्री, उपसभामुख लगायतको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


एमालेबाट सांसद बनेका यी तीन जनाले शुक्रबार पार्टीको ह्वीप तोड्दै कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । आफूलाई मत दिएका यी सांसदलाई मुख्यमन्त्री शाहीले मन्त्री पद उपहार दिएका हुन् ।

कर्णालीमा नेकपा माओवादी केन्द्रको सरकारलाई एमाले समर्थन गरेको थियो । तर, पछिल्लो समय एमाले देखिएको मतभेतकाबीच उसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीलाई शुक्रबार कांग्रेसले समर्थन गर्दै पद जोगाइ दिएको थियो ।