काठमाडौँ– स्व. साहित्यकार पिताको सम्झनामा छोरीद्वारा ‘सिर्जनशिल साहित्य पुरस्कार’ कोषको स्थापना गरिएको छ ।


ADVERTISEMENT


स्वर्गीय साहित्यकार पिता बालकृष्ण अधिकारीको सम्झनामा उनका छोरी बिन्दु अधिकारी ढकालले शनिवार एक कार्यक्रमबीच उक्त कोष स्थापना गरिएको जानकारी दिएकी हुन् ।


ADVERTISEMENT

# # #


सीताराम पदमकुमारी फाउन्डेसनको प्रथम साधारण सभाको अवसर पारेर फाउन्डेसनका उपाध्यक्ष समेत रहेकी स्व. अधिकारीका साहित्यकार छोरी ढकालले आफ्ना कृतिहरु ‘बिन्दुहरु’ र ‘मावली दिदी’ को बिक्रीबाट आएको रकमबाट रु. दुई लाखको कोष फाउन्डेसनमा राखेर सोको व्याजबाट पुरस्कार प्रदान गरिने जनाएकी हुन् ।

उनका अनुसार, विभिन्न समस्या, चुनौती एवम् कठिनाईका बाबजुद पनि साहित्य सेवा लागिपरेका व्यक्तिलाई लेखनका लागि प्रोत्साहित गर्ने उद्देश्यले सो कोषको स्थापना गरिएको हो । उक्त रकमबाट वार्षिक रुपमा योग्य १ जना साहित्यकारलाई पुरस्कृत गरिने उनले बताइन् ।

साहित्य जगतमा अक्सिजन साहित्यकारको उपनामले समेत प्रख्यात रहेका स्व. अधिकारीको ‘राष्ट्रियता बोल्दैछ’ र ‘समृद्वि बनाऔं नेपाल’ नामक दुई कविता संग्रह तथा ‘नदीझैं जिन्दगी’ एक आत्मवृत्तान्त गरी ३ वटा कृतिहरु प्रकाशित छन् ।

वि.सं २०१० सालमा धनकुटा जिल्लाको चुङमाङमा जन्मिएका स्व. अधिकारीको ६२ वर्षको उमेरमा मृत्यु भएको थियो ।