काठमाडौँ – काठमाडौँमा आजदेखि सुरु भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा पहिलो खेलमै जित हात पारेको छ । नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिक्ट मैदानमा १३७ रनको सामान्य चुनौति पाएको नेपालका लागि कुशल मल्ल र आशिफ शेखले कीर्तिमानी ओपिनिङ साझेदारी गरेपछि सहज जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै १४१ रन बनायो । त्यसक्रममा कुशलले ४६ बलमा ५ छक्का र ५ चौका प्रहार गर्दै ६२ रनमा आउट भए । त्यस्तै आशिफ शेख ५४ रनमा नटआउट रहे । उनले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

कप्तान ज्ञानेन्द्र मल्लले विजयी छक्का प्रहार गर्दै ७ बलमा १३ रन जाडे । नेदरल्याण्डका लागि जुलियन डी मे ले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ थालेको नेदरल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएको हो । नेदरल्याण्डका लागि वास डी लीडले सर्वाधिक ४१ रन प्रहार गरे । ४९ बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे ।

यस्तै स्कट इड्वार्डस्ले ३१ रन बनाए । साहब आलमको बलमा आशिफ शेखबाट क्याच आाउट हुनुअघि ३२ बलमा उनले २ चौका र १ छक्का प्रहार गरे ।

नेपालका लागि नेपाललाई पहिलो सफलता दिलाएका सन्दीप लामिछाने सर्वाधिक विकेट लिए । ओभर बलिङ गरेका उनले ४ ओभरमा २२ रन खर्चिँदै २ विकेट लिए ।

यस्तै साहब आलम र सोमपाल कामीका नाममा १–१ विकेट रह्यो ।

नेदरल्याण्डले आफ्नो दोस्रो खेल भोलि मलेसियासँग खल्दैैछ भने नेपालले दोस्रो खेल मलेसियासँग सोमबार खेल्नछ । नेपाल, नेदरल्याण्ड र मलेसियाबीच डबल राउन्ड रोबिनमा हुने प्रतियोगिताको उत्कष्ट दुई टिमले फाइनल खेल्नेछन् ।