काठमाडौँ – त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्याण्डविरुद्ध नेपाललाई तेस्रो सफलता हात परेको छ । नेपाललाई सन्दीप लामिछानेले पहिलो, सोमपाल कामीले दोस्रो तथा साहब आलमले तेस्रो सफलता दिलाएका हुन् ।


ADVERTISEMENT


खेलको दोस्रो ओभरमा सन्दीपले नेदरल्याण्डका म्याक्स उडलाई व्यक्तिगत १० रनमा एलबीडब्ल्यूको धरापमा पारे । उडले सोक्रमम ११ बलमा दुई चौका प्रहार गरे । यस्तै सोमपाल कामीले २.४ ओभरमा बिन कूपरलाई डकआउट गरे ।


ADVERTISEMENT

# # #


सोमपालले पनि कूपरलाई एलबीडब्ल्यूकै धरापमा पारेका हुन् । यस्तै साहब आलमले १३.५ ओभरमा स्कट इड्वार्डस्लाई आशिफ शेखको हातबाट क्याच आउट गराउँदै ३० रनमा पेवेलियन फर्काए । तेस्रो विकेटका रुपमा आउट हुनुअघि उनले वास डी लीडसँग ६१ रनको साझदारी गरे ।

नेदरल्याण्डले ताजा अवस्थामा १४ ओभरमा  ३ विकेट गुमाएर ७३ रन  बनाएको छ । नेदरल्याण्डका लागि वास डी लीडले २६ रन बनाएर खेलिरहेका छन् ।