काठमाडौँ – त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेदरल्याण्डविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पाहुना टोली नेदरल्याण्डलाई ब्याटिङको निम्तो दिएको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि तीनजनाले डेब्यू गरेका छन् । नेपालका लागि आशिफ शेख, कुशल भुर्तेल र साहब आलमले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका हुन् ।

नेपाली प्लेइङ ११
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, विनोद भण्डारी (विकेट किपर), सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, साहब आालम र अभिनास बोहरा ।