काठमाडौँ – करिब एक वर्ष लामो कोरोना कहर खेपेको नेपाले घरेलू मैदानबाटै अन्तर्राष्ट्रिय क्रिकेटमा शनिबार पुनरागमन गर्दैछ ।


ADVERTISEMENT


नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि सुरु हुने नेपाल, नेदरल्याण्ड र मलेसियाबीचको त्रिकोणात्मक टी–२० सिरिजबाट नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्न लागेको हो । सिरिजको उद्घाटन खेल अन्तर्गत शनिबार नेपालले चिरिपरिचित प्रतिद्वन्द्वी नेदरल्याण्डको सामना गर्दैछ । ज्ञानेन्द्र मल्लको कप्तानीमा यसपटक नेपालको युवा टिम रहेको छ ।


ADVERTISEMENT

# # #


नेपालले गत वर्षको फेब्रुअरीमा घरेलू मैदानमै विश्व क्रिकेट लिग २ खेलेको थियो । त्यसपछि गत वर्षकै मार्चमा एसीसी पूर्वी क्षेत्र टी–२० खेलेको नेपालले त्यसयता कुनै पनि फर्म्याटमा अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

कोरोना सन्त्रासकैबीच घरेलू मैदानमै ट्रफी जितेर नेपाल अन्तर्राष्ट्रिय खेलमा सुखद पनरागमन गर्ने लक्ष्यमा छ । यता सन् २०१९ को नोभेम्बरदेखि नेदरल्याण्डले कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छैन । कीर्तिपुर मैदानमा हुने टी–२० सिरिजलाई उसले अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किने एक सुनौलो अवसरका रुपमा हेरेको छ । उपाधीको दाबेदार मानिएको नेदरल्याण्ड सिरिज जित्दै सुखद सुरुवात गर्ने दाउमा रहेको छ ।

‘हेड टु हेट’मा नेदरल्याण्ड अघि

टी–२० क्रिकेटमा नेपाल र नेदरल्याण्ड चिरप्रतिद्वन्दी मानिन्छन् । नेपालले टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएपछि सबैभन्दा धेरै खेल नेदरल्याण्डसँगै खेलेको छ । यी दुई टोली टी–२० अन्तर्राष्ट्रियमा आजसम्म ८ पटक आमुन्ने सामुन्ने भएको छन् । जसमा पटक नेदरल्याण्डले ५ खेल जितेको छ भने नेपालले मात्र दुई खेलमा जित हात पारेको छ ।

यी दुई टोलीबीच एउटा खेल भने अनिर्णित भएको छ । सन् २०१८ को जुलाईमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को आयोजनामा भएको त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत इंल्याण्डको लर्डस् मैदानमा नेदरल्याण्ड र नेपालबीचको खेल निर्णित बन्न पुगेको थियो ।

पानी परेर रोकिएको उक्त खेलमा नेदरल्याण्डले पहिले ब्याटिङ गर्दै १६.४ ओभरमा ४ विकृट गमाउँदै १७४ रन बनाएको थियो । यस हिसाबले ‘हेट टु हेड’मा नेदरल्याण्ड अघि रहेको छ ।

अन्तिम दुई खेलमा नेपाल विजयी

नेपाल र नेदरल्याण्डबीच भएको अन्तिम दुई खेलमा नेपाल विजयी भएको छ ।

यी दुई टोलीबीच अन्तिम पटक सन् २०१९ को अक्टोबरमा भेट भएको थियो । ओमान क्रिकेटको आयोजनामा भएको टी–२० सिरिजमा नेदरल्याण्डलाई नेपालले ४ विकेटले हराएको थियो । नेदरल्याण्डले दिएको १३४ रनको चुनौति नेपालले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

यस्तै नेपालले नेदरल्याण्डमाथि अन्तिम दोस्रो जित सन् २०१५ मा हात पारेको थियो । नेदरल्यमण्डले आयोजना गरेको टी–२० सिरिजमा नेपालले घरेलू टिमसँग ४ खेल खलेको थियो । सुरुवाती तीन खेल हारेको नेपालले अन्तिम खेलमा जित निकालेको थियो ।

‘प्लेयर्स टु वाच’

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा आफ्नो टोलीका लागि प्रभाव पार्न सक्ने खेलाडी यी हुन सक्छन् ।

नेपाल

ज्ञानेन्द्र मल्ल

कप्तान ज्ञानेन्द्र मल्ल नेपाली टिमका सबैभन्दा अनुभवी खेलाडी हुन् । पारस खड्का घाइते भएर सिरिज गुमाएसँगै मल्लमाथि नेपाली ब्याटिङको काँध थाम्नुपर्ने जिम्मेवारी आइपरेको छ ।

विगतका अनुभवलाई प्रयोग गर्दै घरेलू मैदानमा नेपाली टोलीको जितका लागि ज्ञानेन्द्र प्रमुख खेलाडी हुनसक्छन् । २७ वटा टी–२० खेलेका उनले १ शतक र १ अर्धशतकसहित ५६६ रन बनाएका छन् ।
३० वर्षीय ज्ञानेन्द्रलाई आफ्नै कप्तानीमा घरेलू मैदानमा पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय सिरिज जित्ने अवसर छ ।

दीपेन्द्र सिंह ऐरी

पछिल्लो समय नेपाली टोलीमा सबैभन्दा उच्च लयमा रहेका खेलाडी हुन् दीपेन्द्र सिंह ऐरी । नेपाली टोलीका उपकप्तान समेत रहेका २१ वर्षीय दीपेन्द्रले टिमलाई आवश्यक परेका बेला ब्याट र बल दुबैबाट सहयोग गर्नसक्छन् । भर्खरै मात्रै घरेलू प्रतियोगिताका शतक हानेका उनको मनोबल सिरिजमा उच्च हुनेछ । भर्खरै सम्पन्न काठमाडौँ मेयर कपमा उनी उत्कृष्ट खेलाडी समेत चुनिएका थिए ।

फिल्डिङमा पनि निकै चुस्त देखिने दीपेन्द्रले नेपालका लागि २१ वटा टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । जसमा उनले ३३० रन बनाएका छन् । उनको उच्च स्कोर ४७ हो । दीपेन्द्रलाई घरेलू मैदानको फाइदा उठाउँदै टी–२० मा पहिलो पटक शतक/अर्धशतक बनाउने मौका छ ।

सन्दीप लामिछाने

नेपाली क्रिकेटको जितका लागि सबैभन्दा ठूलो अश्त्र हुन् सन्दीप लामिछाने । इण्डियन प्रिमियर लिग (आइपीएल), अष्ट्रलियाको प्रतिष्ठित लिग बिग बास लिग र क्यारेबियन लिगमा समेत खेलिसकेका २० वर्षीय सन्दीपले घरेलू मैदानमा पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेल खेदैछन् ।

विश्वका प्राय सबै टी–२० फ्रेन्चाइज प्रतियोगितामा सन्दीपले हासिल गरेको अनुभवले नेपालका लागि पक्कै फाइदा गर्नेछ । सन्दीपले नेपालबाट २१ टी–२० अन्तर्राष्ट्रिय खेलमा ३४ विकेट लिएका छन् ।

सोमपाल कामी

नेपाली टोलीका तीव्र गतिका बलर हुन् सोमपाल कामी । ब्याटबाट समेत टिमलाई मदत गर्नसक्ने क्षमता सोमपालमा रहेको छ । भर्खरै सम्पन्न काठमाडौँ मेयर कपमा त्रिभुवन आर्मी क्लबका लागि ओपिनिङ ब्याटिङ गरेका सोमपालले उच्च प्रदर्शन गरेको थिए ।

सोमपालले नेपालका लागि २८ टी–२० अन्तर्राष्ट्रिय खेलमा २६ विकेट लिएका छन् भने १९८ रन समेत बनाएका छन् ।

नेदरल्याण्ड
टोवियस भिसी

टोबियस भिसी नेदरल्याण्डका ओपिनिङ ब्याट्सम्यान हुन् । पछिल्लो समय टी–२०मा लयमा रहेका ३० वर्षीय भिसी नेपाली टिमका लागि घातक बन्न सक्छन् । आक्रामक ब्याटिङ गर्ने भिसीले नेदरल्याण्डका लागि २४ खेलमा ३ अर्धशतकसहित ४५४ रन बनाएका छन् ।

स्कट इड्वार्डस्

२४ वर्षीय इड्वार्डस् नेदरल्याण्डका विकेट किपर ब्याट्सम्यान हुन् । पछिल्लो क्रममा आएर आक्रामक ब्याटिङ गर्न सक्ने उनी नेदरल्याण्डको जितका मुख्य हतियार हुन सक्छन् । उनले नेदरल्याण्डका लागि २५ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा ३१९ रन बनाएका छन् ।

पिटर सिलर

३३ वर्षीय अलराउन्डर पिटर नेदरल्याण्डका कप्तान हुन् । लेफ्ट आर्म अर्थोडक्स बलिङ गर्ने उनले स्पिनरमैत्री मानिने त्रिवि क्रिकेट मैदानको पिचको फाइदा दिनसक्छन् । निकै अनुभवी उनले नेदरल्याण्डका लागि ४८ खेलमा ५३ विकेट तथा ४६४ रन बनाएका छन् । नेपाली ब्याट्सम्यानले उनीबाट जोगिएर खेल्नुपर्नेछ ।

पउल भेन मीकेरेन

त्रिवि क्रिकेट मैदानको अनुभव भएका डच टिमका एक मात्र खेलाडी हुन् पउल ।

उनले सन् २०१८ को एभरेस्ट प्रिमियर लिग (ईपीएल) विराटनगरबाट खेलेका थिए । तीव्र गतिका बलर पउलले ५ खेलमा ५ विकेट लिएका थिए ।

२८ वर्षीय उनले नेदरल्याण्डका लागि ४१ टी–२० अन्तर्राष्ट्रियमा ४७ विकेट तथा ३९ रन बनाएका छन् ।

सम्भावित अन्तिम ११

नेपाल
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख÷सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी (विकेट किपर), कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, सुसन भारी र अभिनास बोहरा ।

नेदरल्याण्ड
पिटर सिलर (कप्तान), टोवियस भिसी, बेन कूपर, क्याक्स उड, स्कट इड्वार्डस् (विकेटपिर), वास डी लीड, पउल भेन मीकेरेन, विक्रमजित सिंह,