बाँके – शुक्रवार बेलुका बाँकेमा बस र टिपर एकआपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालकाअनुसार बेलुकी ६ बजे भएको सो दुर्घटनामा परी टिपरका चालकसहित दुई जना र बसमा सवार तीन जना गरी पाँचको मृत्यु भएको हो ।


ADVERTISEMENT


दुर्घटनामा ४१ घाइते भएकोमा ९ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीकाअनुसार, सुर्खेतबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नचढाइएको (अनटेस्ट) टिपर कोहलपुर चपरगौढी नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

घाइतेहरूलाई अस्पताल पुर्‍याउने र मृतकहरूको सनाखत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।