काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टी–२० सिरिज प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक नेपाल र नेदरल्याण्ड भिड्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ः१५ बजे सुरु हुनेछ ।


ADVERTISEMENT


सिरिजका निर्देशक माधव कर्माचार्यले कोरोना भाइरस महामारीबाट जोगिन होटलदेखि मैदानसम्म सबै प्रोटोकल अपनाएको बताए । टिकट काट्ने व्यवस्था डिजिटल रुपमा गरिएको र मास्क लगाउने, मैदान, गाडी लगायत पनि सेनिटाइज गर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै खेल हेर्नका लागि सीमित दर्शकलाई मात्रै अनुमति दिइने भएको छ । यद्दपी कति संख्यालाई मात्रै अनुमति दिने भन्ने कुरा भने टुंगो नलागेको क्यानका महाप्रबन्धक रौनक मल्लले बताए ।

यस्तो छ खेल तालिका
वैशाख ४ गते शनिबार, नेपाल विरुद्ध नेदरल्याण्ड दिउँसो १ः१५ देखि
वैशाख ५ गते आइतबार,नेदरल्याण्ड विरुद्ध मलेसिया दिउँसो १२ः१५ देखि
वैशाख ६ गते सोमबार, नेपाल विरुद्ध मलेसिया दिउँसो १ः१५ देखि
वैशाख ७ गते मंगलबार, नेदरल्याण्ड विरुद्ध नेपाल दिउँसो १ः१५ देखि
वैशाख ८ गते बुधबार, मलेसिया विरुद्ध नेदरल्याण्ड दिउँसो १२ः१५ देखि
वैशाख ९ गते बिहीबार, मलेसिया विरुद्ध नेपाल दिउँसो १ः१५ देखि
वैशाख १० गते शुक्रबार, रेस्ट डे
वैशाख ११ गते शनिबार, फाइनल दिउँसो १ः१५ देखि