काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका ५० प्रतिशत बेड कोरोना संक्रमितको व्यवस्थापनका लागि छ्ट्याउन निर्देशन दिएको छ ।


ADVERTISEMENT


बिहीबार नेपाल सरकार सचिवस्तरीय बैठकले पछिल्लो समय नेपालमा कोरोना संक्रमण किसिमले बढेको निष्कर्ष निकाल्दै यसको दोस्रो लहर फैलिन नदिनका लागि अस्पताललाई बेड छुट्याउन निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीद्वारा जारी अपीलमा भनिएको छ, ‘सबै सरकारी अस्पतालको कम्तीमा ५० प्रतिशत बेडहरु कोभिड–१९ संक्रमितलाई व्यवस्थापन गर्न छुट्याएर तोकिएअनुसार निःशुल्क सेवा प्रवाह गरौँ ।’

यस्तै मन्त्रालयले नियमित रुपमा अस्पतालहरुमा सेवा लिन आइरहेका सेवाग्राहीलाई कोरोना पुष्टी भएका आधारमा मात्रै अन्य अस्पताल पठाएर दिने काम नगर्न निर्देशन दिएको छ ।

यस्तै बालबालिका, गर्भवती, सुत्केरी महिला, अपांगता भएका व्यक्तिहरु र जेष्ठ नागरिकहरुको कोरोना परीक्षण तथा उपचारलाई उच्च प्राथिमकतामा राख्न मन्त्रालयको निर्देशन छ । यस्तै कोरोनाको परीक्षणका लागि निजी प्रयोगशाला र अस्पताललाई २ हजार भन्दा बढी शुल्क नलिन नपाउने भएका छन् ।

संक्रमणको जटिलताका आधारमा दैनिक सामान्यलाई ३५ सय, मध्यमलाई ७ हजार र जटिललाई १५ हजारमा ५० प्रतिशत बन्दा बढी नहुने गरी संक्रमितको उपचारका गर्न मन्त्रालयलले निर्देशन भएको छ ।