काठमाडौं – २५ करोड १८ लाख रुपैयाँ भन्दा बढीको आईपीओ आउने पक्का भएको छ । बिहीबार नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति प्रदान गरेको हो ।


ADVERTISEMENT


सीईडीबी हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बोर्डले दिएको जानकारी अनुसार एक सय रुपैयाँ अंकति मूल्यमा कम्पनीले २५ लाख १८ हजार २ सय ३० कित्ता अर्थात २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ ।


ADVERTISEMENT

# # #