काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले यसै महीनादेखि रेल चल्ने बताएका छन् । नयाँ वर्षको अवसरमा आज देशवासीको नाममा सम्बोधन गर्दै उनले नेपालले अफ्नै लगानीमा भारतसँग किनेको रेल सञ्चालन हुने बताए ।


ADVERTISEMENT


७ महीना अघि बनेर नेपाल आइपुगेको रेल उद्घाटनपछि त्रिपाल ओढाएर राखिएको थियो । त्यसको केही समयमै नेपालमा क्षति हुनसक्ने भन्दै रेल फेरि भारत पठाइएको थियो ।


ADVERTISEMENT

# # #


ओलीले दुई वटै रेल आएर जनकपुरमा बसिरहे दाबी गर्दै बैसाख भित्र चल्ने बताए । यसका साथै पूर्वपश्चिम रेल मार्गको काम पनि अघि बढेको उनको भनाइ थियो ।