काठमाडौँ– आज विंसं २०७७ को पूर्वसन्ध्या । अर्थात्, भोलि नेपाली नयावर्ष २०७८ को शुरुवाती दिन । र, नयाँवर्षको शुरुवात रमाइलो र केहि यादगार पलबाट होस् भन्ने चाहाना जो कोहिलाई पनि हुन्छ । अन्य दिनमा हुने व्यस्त, कोलाहल एवम् होहल्ला जीवशैलीबाट क्षणिक छुटकारा पाउँदै केहि समय प्रकृतिमय, कलात्मक एवम् शान्त वातावरणमा आफूलाई समर्पित गर्दै त्यसको आनन्द लिने चाह जो कोहिलाई पनि हुनसक्छ ।
तर, कतिपय व्यक्तिहरु समय मिलेको छोटो समयमा नै कहाँ जाने भनेर निश्चित हुन नसक्दा आफ्ना त्यस किसिमका योजनाहरु सफल पार्न सक्दैनन् । तसर्थ आज यहाँ एकै दिनमा पुगेर आनन्द लिन सकिने काठमाडौँ नजिकका त्यस्ता केहि प्रचलित स्थानहरुलाई ‘न्यु–इयर डेस्टिनेशन’ को रुपमा चर्चा गरिएको छः
नगरकोट
काठमाडौँदेखि पूर्वीय २३ किलोमिटर क्षेत्रमा रहेको नगरकोट भक्तपुर जिल्लामा पर्छ । यो आन्तरिक एवम् बाह्य दुवै पर्यटकको अत्याधिक रोजाइमा पर्ने प्रमुख स्थानहरुमध्ये एक हो ।
प्रकृतिलाई नजिकबाट नियाल्दै बिहानको सुर्याेदय हेर्ने तथा हिमालको साक्षात्कारको निम्ति प्रसिद्व रहेको यस स्थान पारिवारि, साथीसंगी एवम् पिकनिकका निम्ति पनि उत्तिकै उपयुक्त मानिन्छ ।
चिसो वातावरण रहेकाले तापक्रमका दृष्टिकोणले पनि उत्तिकै उचित रहेको यहाँ सार्वजनिक यातायात, ट्याक्सी वा व्यक्तिगत सवारीबाट पनि सजिलै पुग्न सकिन्छ ।
भक्तपुर
काठमाडौँबाट ३० मिनेटमै सजिलै पुग्न सकिने अर्काे स्थान भक्तपुर पनि हो । १५ औं शताब्दिताका मल्ल राजाका पालमा काठमाडौँको राजधानी समेत रहेको यस स्थान ऐतिहासिक एवम् सांस्कृतिक पक्षका कारण आर्कषणको केन्दुबिन्दु बन्न पुगेको छ ।
यहाँ पुगेर व्यक्रिले प्राकृतिक दृश्य अवलोकनका साथसाथै ऐतिहासिक स्मारकहरुलाई समेत नियाल्ने मौका पाउँछन् ।
मध्यम पर्यावरण भएको यस ठाउँमा सार्वजनिक या व्यक्तिगत दुवै यातायातबाट सहजै पुग्न सकिन्छ ।
चिसापानी
साहसिक यात्रा गर्न मन पराउनेहरुका लागि चिसापानी एकदमै उपयुक्त स्थान हो । हिमाली धरातलीय स्वरुप दृश्यहरुको अवलोकन गर्दै शिवपुरी राष्ट्रिय निकुञ्ज पुग्न सकिने यस स्थान पछिल्लो समयमा धेरैजसाको रोजाईमा पर्ने गरेको छ ।
पारिवारिक वा साथीभाईसंगको माहोलमा अत्यन्त खुलेर रम्न सकिने यस स्थानमा प्रायजसो हाइकिङ जाने व्यक्तिहरुको बढि घुइचो लाग्ने गर्छ ।
काठमाडौँको २०.५ किलोमिटरको दूरीमा रहेको यो क्षेत्र हाइकिङ गर्न रुचाउनेहरुका निम्ति ‘न्यु इयर डेस्टिनेशन’ बन्न सक्नेमा कुनै दुईमत नै रहेको देखिदैन ।
धुलिखेल
धुलिखेल नेपालकै सुन्दर स्थानहरुमध्ये एक हो । लाङटाङ तथा गौरीशंखर हिमालको रमणीय दृश्य हेर्न पाइने यो ठाउँ आफ्नो जीवनकालमा पुग्नैपर्ने स्थानमध्ये एक पनि हो ।
अविस्मरणीय पल तथा मन्दिरहरुको दशृन गर्ने मौका दिने यस ठाउँ ट्रेकिङका निम्ति पनि उपयुक्त रहेको छ ।
१५५० मिटरको उचाईमा रहेको यस स्थानमा पुग्ने सार्वजनिक यातायात सहजै पाइन सकिन्छ भने, यहाँ आफ्नै सवारी लिएर जाने व्यक्तिहरुको संख्या पनि नगन्य देखिन्छ ।
ककनी
समुन्द्रि सतहको २.०७३ मिटर माथि रहेको यो बस्ती प्रायजसो तामाङ जानजातिले भरिएको स्थान हो ।
धौलागिरी, गणेश हिमाल तथा अन्नपुर्णको दृश्यलाई नियाल्ने मौका पाउने यस स्थान पारिवारिक एवम् साथीभाईसंगको जमघटका निम्ति अति नै प्रचलित मानिन्छ ।
सडकको व्यवस्था भइसकेको यस स्थान त्रिशुलीको हाइवेबाट २३.७ कि.मी भित्र रहेको छ । सो स्थानमा पनि सार्वजनिक तथा व्यक्तिगत दुवै किसिमका सवारीबाट पुग्न सकिन्छ ।
नमोबुद्व
बौद्व धर्मावलम्बीको प्रसिद्व तीर्थस्थलको रुपमा परिचित नमोबुद्व काठमाडौँदेखि ४० किलोमिटर दूरीमा रहेको छ ।
बुद्व धर्मावलम्बी तथा भिक्षुहरुको बाक्लो बस्ती रहेको यहाँको अर्काे विशेषता भनेको विभिन्न आर्कषित कलात्मक रुपरेखामा कुदिँएको गुम्बा पनि हो ।
मध्यम वातावरण भएको यो स्थान शान्त वातावरण मन पराउनेहरुका लागि उपयुक्त रहन्छ ।
लाकुरी भञ्ज्याङ
काठमाडौँदेखि १५ मिटरको मात्रै दूरी भएको सुन्दर स्थान लाकुरी भञ्ज्याङ पनि हो । प्याराग्लाइडिङ पनि गर्न सकिने यस स्थान प्राकृतिक सौनदर्यले भरिपूर्ण रहेको छ ।
ट्रेकिङका दृष्टिकोणले पनि पुग्नैपर्ने यस ठाउँमा जानका निम्ति भने सार्वजनिक यातायातको व्यवस्था छैन । यद्यपि यहाँ निजि सवारी साधनमार्फत भने सजिलै पुग्न सकिन्छ ।
कुलेखानीे
‘इन्द्रसरोवर’ पनि भनिने यस स्थानलाई सौन्दर्य एकीकरणको शहर भन्दा पनि खासै फरक नपर्ला । नेपालकै दोस्रो ठूलो जलविद्युत् आयोजना समेत रहेको यस स्थानको सुन्दरताले जो–कसैलाई पनि मोहित पार्छ ।
डुङगाा सवार, पौडि तथा मिनी बुद्व स्तुपाको लागि समेत प्रसिद्व स्थान धेरैजसोको आकर्षण स्थान पनि हो ।
काठमाडौंदेखि ४६.९ कि.मीको दूरीमा रहेको यस ठाउँ मकवानपुर जिल्लामा पर्छ । यस ठाउँबाट सजिलै छोटो समयमै पछिल्लो समय आन्तरिक र बाह्य दुवै पर्यटकको रोजाइमा परेको स्थल चित्लाङ पनि पुग्न सकिन्छ ।
चिसो पर्यावरण भएकाले यसयाममा जान उपयुक्त रहेको यस स्थानमा सार्वजनिक वा निजि दुवै सवारीबाट सहजै पुग्न सकिन्छ ।
गोरखा
नेपालका एकीकरणका राजा भनेर चिनिने पृथ्वी नारायण शाहको जन्मस्थान हो गोरखा । र, यहाँको गारेखा दरबार यहाँको अर्काे आकर्षण ।
ऐतिहासिक दृश्यको अवलोकन गर्नका लागि यस स्थानमा गोरखा संग्रहालयको व्यवस्था समेत रहेको छ ।
यस्तै, प्राकृति सौन्दर्यको दृष्टिले पनि उत्तिकै भरिपूर्ण रहेको यहाँको अर्काे आकर्षण काली र गोरखनाथको मन्दिरजस्ता सांस्कृतिक पक्ष पनि हो ।
काठमाडौंदेखि ७७ कि.मी लागेपछि पुग्न सकिने यहाँ ट्याक्सी या बसको माध्यमबाट सजिलै पुग्न सकिन्छ ।
हेलम्बु
प्राकृतिक सोन्दर्यले भरिपूर्ण क्षेत्र भन्नेबित्तिकै मस्तिष्कमा आउने अर्काे स्थानदृश्य भनेको हेलम्बु पनि हो । प्राकृतिक धरातलीय स्वरुप, बौद्विक मठहरुले यस क्षेत्रलाई वास्तवमै मनमोहक स्थान बनाएको छ ।
यस्तै, यहाँ चिसो वातावरण भएकाले पनि गर्मी छल्न अधिकांश व्यक्तिहरु यहाँ पुग्ने गर्छन् । काठमाडौँदेखि ७७ कि.मीको दूरीमा रहेको यस स्थानमा निजी र सार्वजनिक दुवै सवारीबाट सवार गर्न सकिन्छ ।