काठमाडौँ – सिताराम पदमकुमारी फाउन्डेसनले झापा भद्रपुर निवासी सृजन ढकाललाई उच्च शिक्षामा छात्रवृत्ति दिने व्यवस्था मिलाएको छ ।


ADVERTISEMENT


स्व. शिव प्रसाद ढकाल (सिताराम)को सम्झनामा उनको सामाजिक कार्यलाई निरन्तरता दिने उद्देश्यले गत फाल्गुन ४ गते दर्ता भई क्रियाशिल रहेको यो फाउन्डेसनले शिक्षा क्षेत्रमा पनि प्रोत्साहनमूलक कार्यहरु सञ्चालन गर्दै आएको छ । सोही अनुसार झापाका सृजन ढकाललाई ललितपुर स्थित सिटिजन कलेजमा बी.बी.ए ४ वर्षीय कोर्स पुरा गर्न छात्रवृत्ति उपलब्ध गराईएको हो ।


ADVERTISEMENT

# # #


आज बिहान सिटिजन कलेजमा एक समारोहकाबीच उक्त कलेजका प्रार्चाय हरि कृष्ण अर्यालले छात्रवृत्ति दिने घोषणा गरेका छन्। फाउन्डेसनका अध्यक्ष विश्वमणी गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष विन्दु अधिकारी ढकाल, संरक्षक प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल समेतको उपस्थिति थियो । उक्त अवसरमा प्रार्चाय अर्यालले फाउन्डेसनका गतिविधिमा सँगै मिलेर अगाडी बढ्ने कुरा बताए ।

उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्ने सृजन ढकालको आर्थिक अवस्था अत्यन्त कमजोर हुनुको साथै उनको बुवा फरक क्षमता भएको छन् तथा आमा छाला सम्बन्धि दिर्घ रोगी छन् ।

उनले शिव प्रसाद ढकाल (सिताराम)ले आफूलाई सानैदेखि माया गरेको र पढाईमा पनि सहयोग गरेको एवं आज उनी स्वर्गीय भए पनि उनको नाममा स्थापित फाउन्डेसनले उच्च शिक्षामा छात्रवृत्ति मिलाई दिएकोमा खुशी व्यक्त गर्दै पछि धेरै पढेर देशको लागि केहि गर्ने बताए ।