काठमाडौँ – नेपाल उद्योग वषणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य दिपेन्द्र कुमार खत्री नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा मनोनित भएका छन्।


ADVERTISEMENT


व्यावसायीहरुका समस्या समाधानका लागि क्रियाशील खत्रीलाई उद्योग वाणिज्य महासंघ अन्तर्गतको उक्त केन्द्रको बैठकले उपाध्यक्ष पदमा नियुक्त गरेको हो । कृषि उद्यम शिलताको प्रवर्द्धन गर्ने,कृषि उद्यम सम्बन्धि योजना बनाउने , कृषि उद्योगमा लगानी भित्र्याउने, निजि क्षेत्रलाई सकृय बनाउन पहल गर्ने,कृषि जन्य वस्तुको आयात निर्यातमा सहज वातावरण बनाउन सरोकारवाला सँग समन्वय साझेदारी गर्ने जस्ता काम निजि क्षेत्र बाट यो केन्द्रको महत्त्वपूर्ण भूमिका हुने गर्छ ।


ADVERTISEMENT

# # #


साविकको मध्यपश्चिम विकास क्षेत्रको उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत भैसकेका खत्रीको उद्योग क्षेत्रमा ठुलो लगानी र मेहनत भएका कारणले उनलाई उक्त पदमा नियुक्त गरिएको हो । खत्रीको सामाजिक संघसंस्था तथा व्यावसायीक लगानीको क्षेत्रमा संलग्नता रहेको छ । खत्रीले आफुलाई उक्त अवसर प्रदान गर्ने केन्द्रका अध्यक्ष अरुणराज सुमार्गी, महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, निवर्तमान अध्यक्ष भवानी राणा, पुर्व अध्यक्ष सुरज वैद्य, कार्यसमितिका पदाधिकारीहरु , तुल्सीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु र संघ परिवार आदिलाई आभार प्रकट गरेका छन् । साविकको राप्ती अञ्चल बाट उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गर्दै आएका खत्री लोकप्रिय व्यावसायीको रुपमा परिचित छन् ।

जन्मथलो सल्यान बाफुखोला भएका खत्रीले कर्मथलो दाङको तुलसीपुरलाई बनाउदै आएका छन् । २०५७ साल मा तुलसीपुर उद्योग वाणिज्य संघको सदस्य हुदै सहसचिव, कोषाध्यक्ष बाट तुलसीपुर उद्योग वाणिज्य संघको दुई कार्यकाल अध्यक्षको नेतृत्व गरेको अनुभव समेत उनीसँग छ । दुई वर्षको कार्यकालमा तुलसीपुर उद्योग वाणिज्य संघले खत्रीलाई एक कार्यकाल सर्वसम्मत अध्यक्ष नेतृत्वको जिम्मेवारी दिएको थियो ।